Tuesday, February 19, 2013

पुणिमा की

प्रजित कुवँर एकल यात्री
थुमपोखरा– 8 स्याङ्ग्जा बाँयखोला
हाल छितिज पारिको देशबाट

पुणिमा की जुन हौ तिमी
हिरा मोती सुन हौ तिमी
धडकन रोकिन्छ मेरो
नशामा बग्ने खुन हौ तिमी

दलित सधै घिर्णित..

प्रजित कुवँर एकल यात्री
थुमपोखरा– 8 स्याङ्ग्जा बाँयखोला
हाल छितिज पारिको देशबाट
दलित सधै घिर्णित हुन्छ किन ?
गरिब सधै पिडित हुन्छ किन ?

पिडितले आँशु बगाउँदा खेरी
दुनीया सधै हर्षित हुन्छ किन ?

बनेनी देशमा नियम कानुन
जनता सधै दुखीत हुन्छ किन ?

सुनेन चित्कार कसैले उनको
आवाज सधै सँगित हुन्छ किन ?

मौलिक हक र अधीकार बाट
मानव सधै वर्जित हुन्छ किन ?

बिना आगो..


अर्जुन पौडेल
विचारीचौतारा–२, स्याङ्गजा
बिना आगो अव जल्नु छैन
त्यो फरीया सँग चल्नु छैन

सारा खुशी  आफै सजाई
पापी याद सम्झी गल्नु छैन

यो मनको कोठा दीप वाल्दा
जल्ने त्यो मैनमा बल्नु छैन

आफ्नै छाया  मुटु  भरी हुँदा
माया गाँसी आफै छल्नु छैन