Saturday, March 23, 2013

मार्यौ आखिर

अर्जुन पौडेल
 विचारीचौतारा–२, स्याङजा हाल पोखरा 
प्रितीको फूलले कोपेरै मार्यौ आखिर
मुटुलाई छेडी भुईमा झार्यौ आखिर

जुन ताराले जस्तै सपना सजाउदा
सपनानै सपना वनि टार्यौ आखिर

आँशु सँगालेर उसकै निम्ती जिउँदा
आँशुको समुन्द्र विचमा पार्यौ आखिर

मसंग जिउने मर्ने खाएका वाँचाहरु
अन्यत्र पाईला मोडेर सार्यौ आखिर

पाए हुन्थ्यो

अर्जुन पौडेल,
विचारी चौतरा–२ स्याङजा हाल पोखरा 
तिम्रै मनको आगनीमा खुल्न पाए हुन्थ्यो
कलेजी मुटुमा सधैभरी फुल्न पाए हुन्थ्यो

गन्त्व्यविहीन जिन्दगीको थकाई यात्रा
मायालुको काख वसी भुल्न पाए हुन्थ्यो

मेरी सानु ।।



 कान्छी वजार स्याङ्जा 

प्रेम पत्र कोठा सजाउछिन मेरी सानु ।।
निधारमा टिका लगाउछिन मेरी सानु।।

गर्छिन उनी ठुलाइ सम्मान अनि ।
सानालाई माया गराउछिन मेरी सानु।।

हातमा रातो चुरा गलामा पोते अनि ।
सिँदुरमा उनी लजाउछिन मेरी सानु।।

यति सुवाउछ उनीलाई रातो सारीमा ।
पाउमा पाउछु बजाउछिन मेरी सानु।।

ऐनामा बसी फुल झै सजिने उनी ।।
कहिले यादमा हराउछिन मेरी सानु ।।

हाईकु

सगुन पौडेल 
चिलाउनेवास, स्याङ्जाल हाल पोखरा 
(१)
शिरमा माया
शरीर अन्तै वाँडी
साउने व्रत

(२)
नाडीमा चुरा
वोर्डिङ्ग बच्चा छाडी

रंगिन कोठा



(३)
मख्ख फोनमा
पसिनाको कमाई
विचरा पति

(४)
स्वदेश पति
कमाई सवै स्वाहा
विच्छेद आज

अटल मायाँ प्रीती मेरो

ऋषिराम लम्साल हरिदास
चित्रे 1 कुलीनखोला स्याङ्गजा

अटल मायाँ प्रीती मेरो कुलिन खोलामा ।
हुनुपऱ्यो परदेशी दुई दिने चोलामा ।

कोहि साथी कोरिया त कोहि लागे खाडी तिर,
कस्तो भाग्य जुराएछ विधाताले सबैतिर ।
कमाउन भनी विदेश हिडेको थे त्यो बेलामा,
रुँदै थिईन् आमा घरमा प्यारी साहुको मेलामा ।

कमाई ल्याउने आशाले सम्पत्ति झोलामा ।
बेचियो खुन पसिना कौडीको मोलमा ।

गोठालामा पात बजाई मायालाई बोलउँदा,
मुटूभित्रै अल्झिदिन्छ उनलाई सम्झि टोलाउँदा ।
याद आउँछ अतितको झस्काउँछ सपनीमा,
गुलामीकै भेषमा रुन्छु जब हून्छु विपनीमा ।

अटल मायाँ प्रीती मेरो कुलिन खोलामा ।
हुनुपऱ्यो परदेशी दुई दिने चोलामा ।

त्यस्तै त्यस्तै हुन्छ

ऋषिराम लम्साल हरिदास
चित्रे 1 कुलीनखोला स्याङ्गजा

माया लाउँथें तर त्यस्तै त्यस्तै हुन्छ ।
त्यति कर नगर त्यस्तै त्यस्तै हुन्छ ।

तिमी शहरमा छौ म गाउँतिर छु,
भन्थे बसाईं सर त्यस्तै त्यस्तै हुन्छ ।

कति छट्पटाउनु एक्ला एक्लै सधैं,
भन्थें सिउँदो भर त्यस्तै त्यस्तै हुन्छ ।

हाल अर्थिक स्थिति अलि कमजोर छ,
भो गर्दिन भो कर त्यस्तै त्यस्तै हुन्छ ।

स्वार्थि भए पनि त्यस्तो त भन्दिन यार्,
ल मेरै निम्ति मर त्यस्तै त्यस्तै हुन्छ ।

बनाउन..

ऋषिराम लम्साल हरिदास
चित्रे 1 कुलीनखोला स्याङ्गजा

म सोंचिरहेथें घरबार बनाउन ।
उनी पार्लर पसिन् अनुहार बनाउन ।

लेखकहरू त त्यहि नै चाहेका हून्छन्,
आफ्नो कलम नै हतियार बनाउन ।

एक गजलकार कल्पनामा डुब्दै थ्यो,
बुल्बुलमा गजलको संसार बनाउन ।

फेसवुकबाट प्यार गरेका कर्मचारी,
भन्दै छन् दुईटा शनिबार बनाउन ।

कोहि खाडीमा गए कोहि कोरिया गए,
ऋषि त साधनामा छ विचार बनाउन ।

हूनेछ..

ऋषिराम लम्साल हरिदास
चित्रे 1 कुलीनखोला स्याङ्गजा 

त्यो आगनमा एकदिन तामझाम हूनेछ ।
अर्कैको हातमा जिवनको लगाम हूनेछ ।

क्षणैमा खत्म हुने रुपको घमण्ड नगर,
फेरि त्यै सून्दरताको नै बदनाम हूनेछ ।

अरे! यो जिवन त नाटकका पात्र जस्तै छ,
साँच्चै अर्कैसँग चिताको सरजाम हुनेछ ।

विज्ञानको कुनै शक्तिले नि रोक्न सक्दैन त्यो,
जब कर्मथलोमा विधाताको काम हूनेछ ।

सुख र दुःख त धैर्यका अगाडि नगन्य छ,
तैपनि प्रश्नै प्रश्नहरुका गोदाम हूनेछ ।

लुकायौ तिमी..

ऋषिराम लम्साल 
चित्रे 1 कुलीनखोला स्याङ्गजा
 

घात गरेर मलाई नाम लुकायौ तिमी ।
ढाँटेर आफैलाई काम लुकायौ तिमी ।

देख्दा दाख्दै मृत्यूशैय्यामा छट्पटिएको
नयाँ जिवनरूपि दाम लुकायौ तिमी ।

लुगलुग सिरिठोमा नाङ्गिएको बेला,
स्वार्थी रैछौ त्यो न्यानो घाम लुकायौ तिमी ।

अँगालोमा बाँध्नेलाई चियाएर हेर्नु पर्ने,
खुलेआम दिने सलाम लुकायौ तिमी ।

तिम्रो दुर्गति त देख्न सक्दिन थें म पनि,
रैछ त्यति ठूलो इन।म लुकायौ तिमी ।


माया प्रीतीको गीत


ऋषिराम लम्साल हरिदास
चित्रे 1 कुलीनखोला स्याङ्गजा
चौतारीमा वर पिपल ढलेको ।
जस्तै लाग्छ जवानी छलेको ।
एक्लै आई एक्लै जाने, संसारको रीत कस्तो ।
सातै जुनी कसम् खाने, जवानीको माया जस्तो ।
नसोंचेरै आई लव यु त, सजिलो छ भन्नलाई ।
पुरा गर्न पो छ कठिन्, गगन् तारा गन्नलाई ।
जीवनको छायाँ हो जवानी ।
रात ढलेरै आउनेछ विहानी ।
आज कसम खान्छ अनि, भोली आफै तोडिदिन्छ ।
स्वार्थ पुरा हुन्छ जब मायाँ गर्न छोडिदिन्छ ।
एकातिर सत्य हुन्छ, फिका मस्ती अर्कोतिर ।
भाग्छ चोखो प्रीती भन्दै, चाहानाको लर्कोतिर ।

गज़ल (३ सेर मात्रै)

-हरि किशोर,
 ज्यग्दि किनार, स्याङजा  

............................................................
मलाई तिम्रो चाहानाहरु देखि वाक्क लाग्छ I
बनाउछ्यौ के के बाहानाहरु देखि वाक्क लाग्छ I
1
बिचारका धनि तर व्यबहारका कन्जुसहरु हेप्छन;
कठैबरा समाजका सानाहरु देखि वाक्क लाग्छ I
2
यसमा लेखेछु, तेस्मा लेखेछु लथालिँगै लेखेछु;
आफैले गज़ल लेखेका पानाहरु देखि वाक्क लाग्छ I
3
............................................................