Saturday, March 23, 2013

हूनेछ..

ऋषिराम लम्साल हरिदास
चित्रे 1 कुलीनखोला स्याङ्गजा 

त्यो आगनमा एकदिन तामझाम हूनेछ ।
अर्कैको हातमा जिवनको लगाम हूनेछ ।

क्षणैमा खत्म हुने रुपको घमण्ड नगर,
फेरि त्यै सून्दरताको नै बदनाम हूनेछ ।

अरे! यो जिवन त नाटकका पात्र जस्तै छ,
साँच्चै अर्कैसँग चिताको सरजाम हुनेछ ।

विज्ञानको कुनै शक्तिले नि रोक्न सक्दैन त्यो,
जब कर्मथलोमा विधाताको काम हूनेछ ।

सुख र दुःख त धैर्यका अगाडि नगन्य छ,
तैपनि प्रश्नै प्रश्नहरुका गोदाम हूनेछ ।

No comments:

Post a Comment