Saturday, March 23, 2013

अटल मायाँ प्रीती मेरो

ऋषिराम लम्साल हरिदास
चित्रे 1 कुलीनखोला स्याङ्गजा

अटल मायाँ प्रीती मेरो कुलिन खोलामा ।
हुनुपऱ्यो परदेशी दुई दिने चोलामा ।

कोहि साथी कोरिया त कोहि लागे खाडी तिर,
कस्तो भाग्य जुराएछ विधाताले सबैतिर ।
कमाउन भनी विदेश हिडेको थे त्यो बेलामा,
रुँदै थिईन् आमा घरमा प्यारी साहुको मेलामा ।

कमाई ल्याउने आशाले सम्पत्ति झोलामा ।
बेचियो खुन पसिना कौडीको मोलमा ।

गोठालामा पात बजाई मायालाई बोलउँदा,
मुटूभित्रै अल्झिदिन्छ उनलाई सम्झि टोलाउँदा ।
याद आउँछ अतितको झस्काउँछ सपनीमा,
गुलामीकै भेषमा रुन्छु जब हून्छु विपनीमा ।

अटल मायाँ प्रीती मेरो कुलिन खोलामा ।
हुनुपऱ्यो परदेशी दुई दिने चोलामा ।

No comments:

Post a Comment