![]() |
| बाल कृष्ण भट्टराई, स्याङ्जा,हाल-यू,ए,ई। |
छटपटीमा छोड्नु
भन्दा ढलाएर जाउ,
ढले पछी लास मेरो जलाएर जाउ।।१
ढले पछी लास मेरो जलाएर जाउ।।१
जले पनि
शेष मेरो छुट्ला
खरानीमा,
खरानी लाई पानी हाली बगाएर जाउ।।२
खरानी लाई पानी हाली बगाएर जाउ।।२
बगाउन गाह्रो
होला मेरो अस्तु
लाई,
दया गरी सारा शरीर गलाएर जाउ।।३
दया गरी सारा शरीर गलाएर जाउ।।३
जब मेरो
सारा शरीर नाश
हुन्छ सानु,
तिमी नयाँ मुना हाल्दै पलाएर जाउ।।४
तिमी नयाँ मुना हाल्दै पलाएर जाउ।।४
कसैले नि
तिम्रो बाटो छेक्ने
छैन अब,
चारै तर्फ अाफ्नै चर्चा चलाएर जाउ।।५
चारै तर्फ अाफ्नै चर्चा चलाएर जाउ।।५

No comments:
Post a Comment