Thursday, February 21, 2013

बास बस्न बासघारिमा

मो. अजिज अली
पु ब न पा -१
स्याङ्जा

बास बस्न बासघारिमा चरा हरुको तर्खर
उज्यालो ओझेल पारी अन्धेरी आयो भर्खर 
आधिखोला सुसाएर अरौदिलाई बोलायो
आज पनि स्याङ्जा हेरी यो केटो टोलायो

कस्लाई फुर्सद यो बाटो कती गए कती आए
नियालेर हेरे सुन्दरता मा निखार पाए
भर्खर मानो रोपी मुरी फलाउदै लामागे फाट्
हेर्दा हेर्दै कलम चलाऊने आयो ममा आट

बास बस्न बासघारिमा चरा हरुको तर्खर
उज्यालो ओझेल पारी अन्धेरी आयो भर्खर !!

No comments:

Post a Comment