![]() |
| मो अजिज अली स्याङ्जा बजार |
आज पनि
यो दिन किन
चाडै भाग्दै छ
!!
अपुरो रह्यो काम त्यसै भोलिलाई साच्दै छ !!
अपुरो रह्यो काम त्यसै भोलिलाई साच्दै छ !!
पारि खर्सुको
डाडाले पनि चन्द्रमा
डाक्दै छ !!
बास बस्न अलैची बनमा चरिहरु नाच्दै छ !!
बास बस्न अलैची बनमा चरिहरु नाच्दै छ !!
झिल्के ड्राइभर
राङ्कोस को बाटो
गाडी हाक्दै छ
!!
हलो बोकी लामागे पारि कोहि उकालो लाग्दै छ !!
हलो बोकी लामागे पारि कोहि उकालो लाग्दै छ !!
सुर्य अस्ताउन
चन्द्रमा संग बिदा
माग्दै छ !!
स्याङ्जा बजार झिलिमिली बिजुलीले ढाक्दै छ !!
स्याङ्जा बजार झिलिमिली बिजुलीले ढाक्दै छ !!
आधिखोलाले अरौदी
संग पिरती गास्दै
छ !!
मजा मानि पारि हिमाल हेरन हास्दै छ !!
मजा मानि पारि हिमाल हेरन हास्दै छ !!
ख्याल ख्यालैमा
दिन बिती बर्सौ
पो नाग्दै छ
!!
उठ्न पर्यो आवाज आयो घरकी ले डाक्दै छ !!
उठ्न पर्यो आवाज आयो घरकी ले डाक्दै छ !!

No comments:
Post a Comment