Saturday, April 13, 2013

गजलका थुँगाहरु श्रृंखला– पाँच (नववर्ष विशेष)


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने कार्यक्रम 
"गजलका थुँगाहरु"  
अर्जुन पौडेलका परिकल्पनामा 
गजलका थुँगाहरु श्रृंखला– पाँच
कार्यक्रम प्रस्तोता दोय :-
रामकृष्ण अनायास  फुच्ची जमुना 
मितिः– २०६९।१२।३१ शनिवार 
नमस्कार साथीहरु, आज मिति २०६९।१२।३१ गजलसर्जक विवश ज्ञावली “असफल प्रेमी” को आवाजसहित  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

 

No comments:

Post a Comment